डा. केसीले आज अनसन तोड्ने, यसरी मिल्यो कुरा !

काठमाडौं १६ मंसिर । स्वास्थ्य क्षेत्रमा रहेको विकृति अन्त्यको माग गर्दै १९ दिनदेखि आमरण अनसनरत प्राध्यापक डा. गोविन्द केसीले विहिबार अनसन तोड्ने भएका छन् ।
आमरण अनसनरत डा. केसीको माग सम्बोधनमा सरकारले डिन नियुक्तीमा नयाँ मापदण्ड बनाउने र सोहीअनुसार आगामी निर्णयहरु हुनेभएपछि अनसन तोड्न सहमत भएका हुन् । तर डा. केसीको मुख्य माग त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँ र आईओएमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्ती माग गर्दै उनी कात्तिक २९ गतेदेखि आमरण अनसनमा छन् । उनको माग सम्बोधनमा सरकारले नयाँ मापदण्ड बनाउन सहमत भएपछि उनको अनसन तोडिन लागेको हो ।
सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आमरण अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग २४ घण्टाभित्र सम्बोधन नभए देशभरका सेवा ठप्प पार्ने चेतावनी दिएको छ । अनसनको १८ औं दिनसम्म पनि समस्या समाधान नभएको भन्दै गोदानले हिजो बिज्ञप्ति जारी गरी २४ घण्टे अल्टिमेटम दिएको हो ।

तर सरकारले डा. खनियाँ र सिंहलाई तत्काल पदबाट भने नहटाउने भएको छ । त्रिवि उपकुलपति र डिन नियुक्तिको लागि नयाँ मापदण्ड बनाएर विवाद नआउनेगरि प्रतिस्पर्धामा नियुक्ती गर्नेमा सहमति बनेको शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले दाबी गरे । उनले भने– आज हुने वार्तामा डा. केसीसँग सहमति हुने र आजै केसीले आमरण अनसन तोड्नुहुनेछ,’ एक रेडियो अन्तर्वार्तामा श्रेष्ठले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!