तातोपानीले नुहाउने तयारीमा हुनुहुन्छ, यो कुरामा ध्यान दिनुस्

जाडोको मौसममा चिसो पानीले नुहाउन कसैलाई मन लाग्दैन । तातो पानीले नै नुहाउन मन लाग्छ ।   ग्याँस गिजर वा इलेक्ट्रिक गिजरको तातोपानीले नुहाउने गरिन्छ । यस क्रममा त्यसको वाफवाट निसास्सिएर धेरै व्यक्तिहरु बेहोस भई ढोका फोरेर उद्दार गर्नुपरेको र कतिपयको मृत्यु समेत भएको घटना बारम्बार सुनिन्छ ।
तसर्थ तातो पानीले नुहाउनुभन्दा अगाडी केही कुरामा ख्याल गर्नु आवश्यक छ ।
–    तातोपानीले नुहाउँदा वाथरुमको झ्याल ढोका पूरै नलगाउँ ।
–    चाहिने जत्ति पानी मात्रै वाल्टिनमा थापेर नुहाउँ ।
–    निसास्सिएको महशुश हुनासाथ तुरुन्तै बाहिर निस्किहालौँ ।
–  नुहाउन पसेको जानकारी परिवारलाई अनिवार्य गराउँ ।

http://swasthyakhabar.com/ बाट

कमेन्ट गर्नुहोस्