डा. केसीले अनसन तोड्ने, सरकारी टोलीसँग वार्ता मिल्यो

काठमाडौं, मंसिर १८ । २१ दिनदेखि आन्दोलनरत प्राध्यापक डा. गाविन्द केसीले् अनसन तोड्ने भएका छन् । सरकारी वार्ता टोली र केसी समर्थक टोलीबीच शनिबार भएको वार्ता सहमतिमा टुङ्गिएपछि उनले अहिले केहीवेरमा जुस पिएर अनसन तोड्न लागेका हुन् ।

चिकित्सा क्षेत्रमा रहेका विकृति र विसङ्गति अन्त्यको माग गर्दै उनी दशौ चरणको अनसन बसेका थिए । त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिनमा केशब प्रसाद सिंहलाई नियुक्त गरेपछि उनले वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने  लगायत दश बुँदे माग राखेर कात्तिक २८ गतेदेखि अामरण अनसन बसेका थिए ।

शनिबार त्रिभुवन विश्वविद्यालयले  आइओएमको डिनमा प्राध्यापक डा. जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेकाे थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले अग्रवाललाई डिन नियुक्त गर्ने निर्णय गरेको थियो ।

 डा. गोविन्द केसीको माग बमोजिम त्रिविले शनिबारदेखि लागू हुने गरी अग्रवालाई डिन नियुक्त गरेको थियो। वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन संवेदनशील बन्दै गएपछि त्रिविले  उनको माग सम्बोधनका लागि डिन नियुक्त गरेको हो ।

शुक्रबार डा. केसीको अनसन तोडाउन सरकारी वार्ता पक्षले राखेको प्रस्तावमा भनेका थिए –‘सबभन्दा पहिला रिक्त डिनमा तुरुन्तै पदपूर्ति हुनुपर्यो, वरिष्ठ मध्येबाट डिन नियुक्त गर्नुपर्छ, आइओएम डिनजस्तो पद एक दिन पनि रिक्त राख्दा त्यसैबाट चलखेल हुनसक्छ ‘एक दिन पनि यो पद रिक्त राखेर म अनसन तोड्दिनँ,’ ।

शुक्रबार अाइअोएमको डिन केपी सिंहले पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपनि त्रिविका उपकुलपति तीर्थ खनियाँले पनि राजीनामा दिनुपर्ने माग नछोडेपछि डा.केसीले अनसन जारी राखेका थिए ।

 

कमेन्ट गर्नुहोस्