एउटा कुकुरकाे मूल्य साढे ११ करोड

मंसिर २३ । एउटा शिकारी कुकुर चोरीको घटनामा संलग्न भएको भन्दै चार जनालाई आयरल्याण्डका प्रहरीले पक्रेका छन् ।

चोरी भएको कुकुरको मूल्य १० लाख यूरो अर्थात ११ करोड ६३ लाख रुपैयाँभन्दा बढी छ ।

आयरल्याण्डको टिपरेरी काउन्टी नजिकै गोल्डेन भन्ने ठाउँबाट क्लेयर्स राकेट नामको कुकुर आफ्ना प्रशिक्षकसँग भएकै बेला चोरी भएको थियो । प्रहरीले कुकुर सुरक्षित रुपमा भेटिएको जनाएको छ ।

निकै तीव्रगतिमा दौडन सक्ने शिकारी कुकुर भएकाले र राम्रो नश्लको भएकाले पनि राकेटलाई विशेष मानिएको छ ।

शिकारी कुकुरका जानकार फर्चुनले रकेटलाई कुकुरको सुपरस्टार बताएका छन् ।

पक्राउ परेका चारैजनासँग प्रहरीले थप सोधपुछ गरिरहेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्