प्रधानमन्त्री प्रचण्डको पश्चिम नेपाल भ्रमण (फाेटाे फिचरमा)

काठमाडौँ, मंसिर २४ । पश्चिम नेपालको दुई दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार काठमाडौं आइपुगेका छन् । पश्चिम नेपाल भ्रमणका लागि बुधवार विहान साढे ९ बजे काठमाडौं छोडेका प्रधानमन्त्री प्रचण्डले पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भ्रमण तथा अवलोकन गरी शुक्रवार विहान १० बजेतिर काठमाडौं आइपुगेका छन् ।

1

दाङबाट यात्रा शुरु गरेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ कार्यकर्ताहरुलाई संबोधनसँगै सिसहनिया महादेव पुलको शिलान्याससँगै चमेलया परियोजनाको निरीक्षणसम्म पुग्दा धेरै कार्यक्रमहरुमा सहभागी भए ।
दाङ र धनगढी हुँदै कञ्चनपुरको दोधारा–चाँदनीमा पुग्ने पहिलो प्रधानमन्त्री बन्न सफल बने ।

prachanda 5
दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह र पुल निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु गरिने प्रधानमन्त्रीले बताए । महाकालीपारिको दोधारा–चाँदनी नगरपालिका–७ मा निर्माणका लागि प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीमंसिर २२ को साँझ धनगढी फर्केका थिए । धनगढीमा प्रधानमन्त्रीको कार्यक्रममा एमाले र जनमोर्चाका कार्यकर्ताले कालोझन्डा देखाए ।

prachanda 4
प्रधानमन्त्रीले सुदूरपश्चिम महोत्सवको उद्घाटनसमारोहमा भाग लिए ।
समारोहमा महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले पेस गरेको सुदूरपश्चिमको विकासलाई सम्बोधन गर्ने १६ सूत्रीय मागसहितको ज्ञापनपत्र बुझ्दै १६ किलोको माला पहिरिए ।

2
मंसिर २३ गते प्रधानमन्त्री प्रचण्ड स्थानीय कार्यकर्ता भेटघाटमा लागे ।

कैलालीको गेटामा आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी बने ।

3

 

मंसिर २३ को दिउँसो प्रधानमन्त्री प्रचण्ड बैतडी पुगेका थिए । दार्चुलाको शिखर गाविसमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निरीक्षण गरे ।

4
राष्ट्रिय गौरवको आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअन्तर्गत दार्चुला पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिए ।

विसं २०६२र६३ देखि सुरु भएको आयोजना विसं २०६८ सम्म बनाउने लक्ष्य लिइए पनि सुरुङ खुम्चिएकाले अझै निर्माण सम्पन्न हुन नसकेकोबारे जानकारी लिए ।

prachanda 2
२४ गते प्रधानमन्त्रीले सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली एक्स्पो’को उद्घाटन गरे ।

प्रधानमन्त्री प्रचण्डले कर्णाली क्षेत्रको विकासका लागि प्रस्तुत माग तथा अपेक्षामा सरकारका तर्फबाट सहमति जनाउँदै सम्भाव्यताका आधारमा आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा ल्याइने व्यवस्थाका लागि पहल गरिने वाचा गरेका छन् ।

7

prachanda 3

6

 

5

8
प्रधानमन्त्री भ्रमण अवधिभर सँगै रहेका नीजि सचिवालय सदस्य, दिनेश श्रेष्ठले खिचेका तस्विरहरु  हुन् ।

कमेन्ट गर्नुहोस्