अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश

काठमाडौं, मंसिर २७ । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अौपचारिक रुपमा प्रवेश गरेकी छिन् । सोमबार बिहान काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि थापा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेकी हुन् ।

पार्टी अध्यक्ष थापाले रेखा र उनकी आमा सरस्वती थापालाई टीका लगाएर प्रवेश गराएका छन् ।

२०७० जेठ ४ गते अभिनेत्री थापा एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादी (हाल माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन् ।
केही दिनअघि गायिका कोमल अोलीले पनि राप्रपा प्रवेश गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!