‘प्रेमगीत–२’ को छायांकन सुरु, एक वर्षपछि रिलिज हुने

मंसिर २९ । नेपाली चलचित्र ‘प्रेमगीत’को सफल प्रदर्शनपछि त्यसको सिक्वेल बनाउने घोषणा गरेको टिमले सोमबारबाट चलचित्रको छायांकन सुरुवात गरेको छ । चलचित्रको आगामी वर्षको भाद्र महिनामा फिल्म रिलिजका लागि मिति समेत घोषणा गरिएको छ ।

आशुसेन फिल्मसको व्यानरमा बन्न लगेको यसअघि ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’को निर्माण गरी दर्शकमाझ आइसकेको छ ।

आगामी दुई महिनाभित्रमा छायांकन सकिने योजना रहेको यस चलचित्रमा प्रदिप खड्का र अवअभिनेत्रीको रुपमा अश्लेशा ठकुरीलाई ल्याइएको छ । त्यसतै भुवन चनद, श्रद्धा प्रसाई कैलाश कटुवाल, राजाराम पौडेल। कविता रेग्मीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रको नेपाल लगायत थाइल्याण्ड, बर्मामा समेत छायांकन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई अष्ट महर्जनले निर्देशन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!