अनुको जवानी कता बिसाउने ?

मंसिर २९ । नायिका तथा मोडल अनु शाह एउटा फरक गीतको म्यूजिक भिडियोमा देखिएकी छन् ।

मौसुफ भण्डारीको स्वर, दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगित रहेको ‘यो मनसँग त्यो मनलाई मिसाइदेऊ न सानु….’ बोलको गीतमा अनु मोडलको रुपमा देखिएकी छिन् ।

उक्त रोमान्टिक गीतको म्यूजिक भिडियोमा अनुलाई विनोद न्यौपानेले साथ दिएका छन् । यूट्युबबाट सार्वजनिक गरिएको गीतले भनेको छ–

‘यो मनसँग त्यो मनलाई मिसाइदेऊ न सानु
जवानीको भारी यतै बिसाइदेउ न सानु….’

शुभ मिडिया होम प्रा.लि.को प्रस्तुति रहेको यस गीतको निर्देशन दीपक आचार्यले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!