कक्षा ११ को परीक्षाफल प्रकाशित

भक्तपुर, मंसिर ३० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा एघारको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षमा सम्मिलितमध्ये ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको वोर्डले जनाएको छ ।

बिहीबार साँझ प्रकाशित परीक्षाफल अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए ।

यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!