ओरालोतिर सुनको भाउ

काठमाडौं, पुस १ । बिहीबार तोलामा ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार घटेर तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत आइतबार तोलाको ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार भने ५१ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक सय रुपैयाँ घटेको थियो भने त्यसमा बिहीबार ५ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै शुक्रबार फेरि तोलामा ४ सय रुपैयाँले घटेर आज तोलाको ५१ हजार ७ सयमा कारोवार भएको हो ।

चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हप्तामा चाँदीमा भने यो हप्ता २० रुपैयाँ मात्रै घटेको छ ।

कमेन्ट गर्नुहोस्