उत्कृष्ट ओपनिङ आमिरको ‘दंगल’

पुस १० । बलिउड नायक आमिर खानको नामैले चल्ने गरेको फिल्महरुमध्ये थपिएको छ उनको पछिल्लो फिल्म ‘दंगल’ । जसले वक्सअफिसमा उत्कृष्ट ओपनिङ गरेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिन २९ करोड ७८ लाखको विजनेस गर्यो । वलिउडमा धेरै पर्दा हाउसफुल बने ।

विश्वव्यापी रुपमा एकैसाथ प्रदर्शनमा आएका यस फिल्मले आगामी दिनमा पनि आफ्नो प्रदर्शनलाई यसरी नै दर्शकका मन जित्ने विश्वास लिइएको छ ।

फिल्मले बर्ष २०१६ को किर्तिमानी ओपनिङ गर्न भने सकेन् । नन होलिडे विजनेसमा भने सर्वाधिक ओपनिङ विजनेस गर्ने फिल्म धुम ३ (३६ करोड २२ लाख) भन्दा १ स्टेप पछि (दंगल) परेको छ ।

बर्ष २०१६ मा सलमान खान स्टारर सुल्तानले विदाको दिन पर्दैगर्दा पहिलो दिन नै ३६ करोड ५४ लाखको विजनेस गरेको थियो । दोश्रो नम्बरमा भने (दंगल) नै परेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!