केशरी चौधरीलाई दोहोरो स्वर्ण

300 पटक पढिएको

सुनसरी, पुस १० । सातौ‌ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल पुलिसकी केशरी चौधरीले दोहोरो स्वर्ण जितेकी छिन् । शनिबार हाइजम्पमा स्वर्ण जितेकी चौधरीले आइतबार फेरि स्वर्ण जित्न सफल भएकी हुन् ।

इटहरीमा भएको लङ जम्पमा केशरीले ५ दशमलब ९ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । रजत पदक जितेकी सशस्त्रकी कृष्ण चौधरीले ४ दशमलब ९४ मिटर जम्प गरिन् । र सशस्त्रकी लिसा चौधरीले कास्य पदक हात पारिन् ।

लङ जम्पको पुरुषतर्फ आर्मीका डिल्ली खत्रीले ६ दशमलब ९१ मिटर जम्प गर्दै स्वर्ण हात पारे भने ज्याभलिङ्ग थ्रो आर्मीका रामबहादुर कुमालले स्वर्ण जितेका छन् ।

इटहरी रङ्गशालामा भएको खेलमा उनले ५६ दशमलब ८८ मिटरको रेर्कड कायम गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मोर्चाले गर्यो एमाले उदयपुर जिल्ला अध्यक्षको गाडीमा तोडफोड