एमाले महासचिवले सरकारलाई दिए सुझावः ‘चुनाव गराउन लाग्नुस्’

बाग्लुङ, पुस १० । नेकपा एमालेका महासचिव इश्वर पोखरलले सरकारलाई चुनाव गराउन सुझाव दिएका छन् । प्रेस चौतारी नेपालले बाग्लुङ सदरमुकाममा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता वा स्थगन गरेर चुनाव घोषणा गर्न माग गरेका हुन् ।
महासचिव पोखरेलले संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकाले फिर्ता लिएर निर्वाचनमा जान सुझाव दिए ।
संविधान गतिशील दस्तावेज भए पनि अहिलेको संशोधन प्रस्ताव कुनै अर्थमा पनि उपयुक्त नभएको उनले बताए ।

संशोधन प्रस्ताव राष्ट्रिय हित, सामाजिक सद्भाव, जनभावना विपरित र संविधानको ठाडो उल्लंघन गरी प्रस्ताव ल्याइएकाले यस बिषयमा संसदमा छलफल नहुने उनले स्पष्ट पारे ।
संविधान कार्यन्वयन गर्न सरकारले चुनावी वातावरण बनाउनुपर्ने उनले बताए । सरकारले चुनाव घोषणा नगरेसम्म कुनै हालतमा संसद चल्न नदिने पोखरेलले बताए ।

कमेन्ट गर्नुहोस्