अोलीको अाक्रोश- किन प्रधानमन्त्री केही बोल्दैनन् ?

काठमाडौं, पुस १० । एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसदमा जे विषय ल्याएर छलफल गर्न पाइने नियम कहिँ नभएको बताएका छन् । आइतबार विपक्षी मोर्चाको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले सरकारले जे गर्यो त्यसमा ल्याप्चे लगाउने काम नहुँने बताए ।

उनले भने–‘संसदमा जे पनि ल्याउन पाइन्छ, जे विषयमा पनि छलफल गर्न पाइन्छ भन्ने होइन। सरकारका उत्तेजक आवेशको हामी प्रतिवाद गर्छौ’ । अध्यक्ष ओलीले प्रधानमन्त्री विपक्षीलाई पेलेर जान खोजेको आरोप लगाए ।
‘जनताको बीचमा हामीलाई किन जान नदिएको ? यसबारे किन प्रधानमन्त्री केही बोल्दैनन्,’ उनले भने ।

सरकारले संविधान संशोधनको नाममा विदेशी हस्तक्षेप निम्त्याउन खोजेको उनले आरोप लगाए । सरकारले मतदानमा जाऊ भनेर भनेपनि कतिपय विषयमा चुनाव गर्दा त्यसले झन विग्रह ल्याउने बताए ।

उनले भने– संसदमा मतदान भएकै कारण कतिपय देशमा विकराल समस्या आएको छ यतातिर प्रधानमन्त्रीले सोचेको हुनुपर्छ । ओलीले कुनै हालतमा पनि संशोधन प्रस्तावको विषयलाई सदनमा प्रवेश दिन नहुने स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!