लडेर नेपाल बैंकका प्रबन्धकको मृत्यु

सुरुङ्गा, पुस ११ । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धकको लडेर मृत्यु भएको छ ।

गएराति आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा प्रबन्धक उमेशचन्द्र घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाथरुममा लडेर अचेत भएको घिमिरेलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइएको भएपनि अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए । काठमाडौँ स्थायी घर भएका उनी बिर्तामोड शाखामा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!