करण जौहरले यौन शोषण गर्न खोजेको अनुश्का शर्माको आरोप

मुम्बई, एजेन्सी । बलिउड अभिनेत्री अनुश्का शर्माले निर्माता तथा निर्देशक करण जौहरले आफूमाथि यौन शोषण गर्न खोजेको आरोप लगाएकी छिन् ।

करण जौहरको चर्चित शोमा निर्देशक जौहरकै अगाडी बसेर बोल्दै अनुष्काले उक्त आरोप लगाएकी हुन ।

कार्यक्रममा अभिनेत्री कैटरिना कैफ समेत उपस्थित थिइन ।

सुरुमा प्रश्नोत्तर चलिरहेपनि कुराको सिलसिलामा अनुश्काले करण जौहरको पोल खोलेकी थिइन ।

करण जौहरले चलचित्र को सुटिङको बेला आफूलाई गलत तरिकाले छून खोजेको र कैयनपल्ट शारीरिक शोषण गर्न खोजेको बताइन । कुनै पनि निर्देशकले

त्यसो नगरेको तर जौहरले त्यस्तो व्यवहार गर्दा आफू हैरान भएको उनको भनाई थियो ।

अनुश्काले आफूलाई यसरी आरोप लगाउँदा करण जौहरले भने मुन्टो निहुराएका थिए ।

अविवाहित करण जौहरलाई कतिपयले समलिंगी समेत भन्दै आएका छन् ।

अनुश्काको यो बयानपछि भने जौहरको निकै ठूलो आलोचना भइरहेको छ ।

अनुश्काले त करण जौहरमाथि शारीरिक शोषणको मुद्दा समेत दर्ता गर्न खोजेको खुलासा गरिन ।

करणले आफूले त्यसरी कहिल्यै व्यवहार नगरेको बताए । उनले अनुष्कालाई सोधे– ल, मैले तिमीलाई कुनै बेला छोए होला रे, तर के त्यो यौन आशयले थियो त ?

करण रिसाएपछि भने कैटरिनाले दुबैबीचको विवाद मिलाउन खोजिन । उनले बचाउन खोजेपछि अनुश्काले गम्भीर हुँदै भनिन्– म त जिस्कि रा थिए तपाईसँग ।

यो भनेपछि शोको वातावरण शान्त भयो । तर अनुष्काले त्यत्तिकै यति ठूलो आरोप लगाएकी होलान् त भन्ने विषय भने अहिले पनि चर्चामा छ ।

कमेन्ट गर्नुहोस्