स्ववियु चुनावमा होमियो क्रान्तिकारी, प्रत्येक कलेजमा कमाण्डर खटाउने

काठमाडौं, पुस २८ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) स्ववियु चुनावमा होमिएको छ । स्ववियु चुनाव आगामी फागुन १४ गतेका लागि तोकिएको छ । उक्त निर्वाचनका लागि क्रान्तिकारीले स्ववियु निर्वाचन हुने देशभरका सवै कलेजमा चुनावी कमाण्डर तोक्ने भएको छ ।

डेढ महिने विद्यार्थी जागरण अभियानको समीक्षा र स्ववियु निर्वाचनको तयारीका लागि काठमाडौंमा पौष २७ गतेवाट क्रान्तिकारी पदाधिकारीको वैठक शुरु भएको छ। वैठकमा अध्यक्ष नरेन्द्र न्यौपानेले देशभरका सम्पुर्ण कलेजका कमाण्डर तोकेर सम्पुर्ण रुपमा स्ववियुमा होमिने वताएका छन्।

आज वुधबार अध्यक्षद्वारा वैठकमा ऐजेण्डा प्रस्तुत र देशभरको रिपोर्टिङ भएको छ।भोलि विहिवार वैठकलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड,नेता नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा वादलले प्रशिक्षण दिने कार्यक्रम रहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले वताए ।भोलि नै कलेज कमाण्डर टुंगो लागेपछि वैठक समापन हुनेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!