अयोग्य घोषित पुर्व लडाकु मिरा राईले जितिन नेशनल ज्योग्राफिकको ‘वर्षकै साहसी व्यक्ति’ अवार्ड

368 पटक पढिएको

काठमाडौं, माघ १४ । अल्ट्रा धाविका मिरा राई नेशनल ज्योग्राफिकले दिने वर्षकै साहसी व्यक्ति (एड्भेन्जर अफ द इयर) को उपाधि जितेकी छिन् । उनी नेशनल ज्योग्राफिकले दिने वर्षकै साहसी व्यक्ति एड्भेन्जर अफ द इयरको शिर्ष १० मा पर्न सफल भएकी थिइन् ।

भोटिङको आधारमा वर्षकै साहसी व्यक्ति छनौट हुने उक्त प्रतिश्पर्धामा विभिन्न विधाका नौ प्रतिस्पर्धिलाई पछि पार्दै मिरा राईले उपाधि जितेकी हुन् ।

ज्योग्राफिकले दिन उक्त अवार्डको लागि विभिन्न क्षेत्रअन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ ।

राई पुर्व माअोवादी लडाकु हुन् । उनलाई शान्ति प्रक्रियामा आएपछि समायोजनको क्रममा अयोग्य घ गरिएको थियो ।

गत वर्ष फ्रान्समा आयोजित ८० किलोमिटरको विश्व म्याराथनमा उनले पहिलो स्थान हासिल गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  हाफ म्याराथनको उपाधी रिमाललाई