नगद दुईलाख सहित सम्मानित भए धावक पण्डित

338 पटक पढिएको

काठमाडौँ, माघ १८ । अल्ट्रा धावक सञ्जय पण्डित सम्मानित भएका छन् । सोमबार आयोजित कार्यक्रममा कोसी समूहले रु.दुई लाख १० हजारसहित उनलाई सम्मान गरेको हो । पण्डितले अन्टार्टिकाको माउन्ट रजम्यानलगायत शिखर आरोहण गरी देशको प्रतिष्ठा बढाएकाले सो सम्मान गरेको अायोजकले बताए ।

सो समूहका अध्यक्ष गोविन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मानपत्र प्रदान गर्दै नेपाललाई विश्वमा आरोहणको माध्यमबाट चिनाउन पण्डितले अहम भूमिका निर्वाह गरेकाले त्यसको सराहना गर्नुभयो ।

उहाँको साहसलाई उच्च मूल्याङ्कन गरी आफ्नो समूहले सम्मान गरेको उनले बताए ।

सगरमाथा मनास्लुसहित विश्वका १० अग्ला शिखर आरोहण गर्नुभएका पण्डितले अफ्रिकाको सिखर किलिमान्जारो र अस्ट्रेलियाको सिखर कोजियस्कोमा उल्टो हिँडेर आरोहण गरेका थिए ।

पण्डित उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ‘अव धनगढी दौडीन्छ’, हाफ म्याराथुनको तयारी पूरा