‘जहाँ तलबको सट्टा बलात्कार गरिन्छ’

सरकारले तलवको सट्टा बलात्कार गर्न पाउने छुट दिनाले त्यहाँ नरकीय अवस्थाको सिर्जना भएको छ । घटना अफ्रिकी देशको साउथ सुडानको हो । त्यहाँको आर्थिक स्थिति कमजोर भएका कारण सरकारले आर्मीहरुलाई तलव दिनुको सट्टा स्थानीय महिलाहरुलाई बलात्कार गर्न पाउने छुट दिएको दियो ।

यूनाइटेड नेशनले ह्यूमन राइट्सको रिपोर्टका अनुसार यसको खुलासा गरेको हो ।
संसारको सबैभन्दा नयाँ देशको रुपमा चिनिने यस साउथ सूडान जो सुडानबाट छुट्टिएर बनेको हो । द्वन्द्व र आक्रमण यहाँ सामान्य नै भैसकेको छ ।

अक्टूबर २०१५ देखि मार्च २०१६ सम्म यहाँ १४०० भन्दा बढी महिलाहरु बलात्कृत भएको भए । नयाँ देश बन्ने क्रममा यहाँ भएको आक्रमणमा हालसम्म ६० हजार भन्दा बढी मानिसहरु मरिसकेका छन् भने २२ लाख भन्दा बढी घरवारविहीन बनेका छन् ।

सरकारको विरोधीहरुलाई अत्याधिक तनाव दिइन्छ यहाँ । उनलाई जहाजको कन्टेनर मा ठोक्काएर रुखमा झुन्डायर फासी दिइन्छ या टुक्रा–टुक्रा पारेर मारिन्छ । परिवारको अगाडि बच्चालाई बलात्कार गरिन्छ र उनीहरुलाई उक्त क्रियाकलाप हेर्न बाध्य पारिन्छ ।

आर्मीका सर्पाेटर्सहरुले आम्र्स फाइटर्स तलवको सट्टा स्थानीय मानिसहरुको सम्पत्तिहरु चोर्ने र महिला अनि बच्चाहरुलाई बन्धक बनाएर बलात्कार गर्नेगर्छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!