न्यु डायमण्डले जित्याे महिला भलिबल प्रतियोगिताको उपाधि

365 पटक पढिएको

काठमाडौं, माघ २० । सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको चौथो संस्करणको उपाधि न्यु डायमन्ड एकेडेमीले जितेको छ ।

सशस्त्र प्रहरीको एपीएफ क्लवलाई पछि पार्दै फाइनलमा ३–२ को सेटमा न्यु डामण्डले उपाधि जितेको हो ।

सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा पहिलो सेट १५–२५ ले गुमाएको न्यु डायमन्डले दोस्रो २५–२३ र तेस्रो सेट २५–१६ ले जित्दै एपीएफमाथि दबाब बढायो । चौथो सेट सशस्त्रले २५–१६ ले जितेपछि उपाधिका लागि अन्तिम सेटमा निर्णायक भिडन्त भएको हो ।

पाँचौ सेट १५–१२ ले सेट जित्दै न्यु डायमण्डले उपाधि जित्यो । विजेताले २ लाख ५० हजार र उपविजेता सशस्त्रले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित