पाथीभरा राष्ट्रिय भलिबलको उपाधि पुलिसलाई

358 पटक पढिएको

ताप्लेजुङ, फागुन ७ । दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पूलिस क्लबलाई प्रदान गरिएको छ ।

दुइसमूह बनाइ खेलाइएकाे खेलमा शनिवार नेपाल पूलिसले ११ अंकका साथ उपाधि जित्न सफल भएको हो । त्यस्तै १० अंक सहित त्रिभुवन आर्मी क्लबले उपविजेता बनेको छ । अन्तिम खेलमा १९–२५, १५–२५, २५–२०, २५–२२ र १५–११ बनाउँदै ३–२ को सेटमा त्रिभुवन आर्मीलाई नेपाल पुलिसले पराजित गरेको थियो ।

यस्तै सशस्त्र प्रहरिको एपीएफले ६ अंक जोड्दै तेस्रो भएको छ भने पूर्वाञ्चलले २ अंकका साथ सान्तवनामा चित्त बुझाएको छ ।

सशस्त्र प्रहरीले २५–१३, २५–१८ र २५–८ को सोझो सेटमा पछि पार्दै तेस्रो स्थानमा पर्न सफल भएको हो ।

आयोजक जिल्ला भलिवल संघ ताप्लेजुङका अनुसार प्रतियोगिताका विजेताहरुलाई क्रमशः पहिलो दोस्रो र तेस्रोलाई तीन लाख ३० हजार, १ लाख ६५ हजार र ३५/३५ हजार प्रदान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बुढासुब्बा गोल्डकपकाे उपाधि पुलिसलाई