धनकुटा क्याम्पसमा विवाद चुलियो

स्ववियु निर्वाचन प्रमुखसहित तीनजनाले दिए राजिनामा

धनकुटा, फागुन १२ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा धनकुटा बहुमुखी क्याम्पसमा भने निर्वाचनका लागि विद्यार्थी संगठन दर्ताको क्रममा भएको विवादले चरम रुप लिएको छ ।

विवादकै कारण निर्वाचन प्रमुखसहित तीनजनाले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेकपा एमालेनिकट अखिलमध्ये पहिले कसलाई दर्ता गराउने भन्ने विषयमा विवादले चरम रुप लिएपछि अन्ततः स्ववियु निर्वाचन प्रमुखसहित तीनजनाले दिए राजिनामा दिएका छन् ।

प्रजातान्त्रिक प्राध्यापक संघको तर्फबाट निर्वाचन प्रमुख रहेका श्याम वाग्लेसहित तीनजनाले निर्वाचन समितिबाट विहीबार राजीनामा दिएका हुन् । निर्वाचन प्रमुखले राजीनामा दिएपछि १८ गते हुने निर्वाचनको अन्योल बढेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!