टेलिकमले घटायो टेलिफोनको महसुल दर

620 पटक पढिएको

काठमाडौं । नेपाल टेलिकमले टेलिफोनको महसुल दर घटाउने भएको छ । वैशाखदेखि लागू हुनेगरी टेलिफोन तथा मोबाइल महसुल दर घटाउने भएको हो । शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले टेलिफोन सेवामा नयाँ ‘पल्स’ अवधि लागू गर्ने निर्णय गरेपछि महसुलदर घट्ने भएको हो ।

पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधिको इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल तिर्नुपर्छ भने कम हुँदा कल गर्दा काटिने रकम थोरै पर्छ ।
कति सेकेण्डमा कति शुल्क सेवाग्राहीबाट काट्ने भन्ने नै पल्स अवधि हो ।
पहिलो चरणको पल्स अवधिको गणना नयाँवर्षबाट लागू हुनेछ । दोस्रो चरणको पल्स गणना आगामी कार्तिकबाट सुरु हुनेछ ।

बैशाखपछि भने यो पल्स अवधि आन्तरिक कलमा १० सेकेण्डमा झर्नेछ भने कार्तिकबाट भने एक सेकेण्डमा झर्नेछ ।

प्राधिकरणले नयाँ पल्स अवधिलाई कार्यान्वयन गर्न निर्देशन दिँदै पत्रात्रचार गरिसकेको छ । अब सेवा प्रदायकले नयाँ पल्स अवधि राखेर आफ्नो बिलिङ प्रणालीलाई ब्यवस्थापन गर्नेछन् ।

प्राधिकरणले सबै प्रकारका टेलफोन तथा मोबाइल सेवा प्रदायकको पल्स अवधि घटाएको हो । प्राधिकरणको बोर्ड बैठकले माघ २१ गते पल्स अवधि घटाएर एकरुपता काया गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा पीएसटीएनमा ६० सेकेन्ड, पल्स अवधिक तय गरिएको छ भने मोबाइलमार्फत देश भित्र हुने कलमा १० सेकेन्ड र देशबाहिर हुने मोबाइल कलमा ३० सेकेन्ड पल्स तोकिएको छ ।

दोस्रो चरणमा पीएसटीएनमा ६० सेकेन्डको पल्स कायम राखिने छ भने मोबाइलमार्फत हुने आन्तरिक मोबाइलमा १ सेकेन्ड तथा विदशेमा हुने कलमा १० सेकेन्ड निर्धारण गरिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अब ११२ लाई एउटै इमर्जेन्सी नम्बर बनाउने