सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको जीत

409 पटक पढिएको

चैत ११ । माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले जीत हासिल गरेको छ ।

शुक्रबार नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–१ को अन्तरले पराजित गरेको हो ।

माल्दिभ्सको राजधानी मालेस्थित भलिबल कोर्टमा नेपालले पहिलो सेट २३–२५ ले गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्न सफल भएको हो ।

५ अंकको अग्रतामा नेपालले पहिलो सेट गुमाएको थियो । त्यसपछि नेपालले दोस्रो सेट २९–२७, तेस्रो सेट ३३–३१ र चौथो सेट २५–१९ ले जित्दै सफल नतिजा निकालेको थियो । पहिलो खेलमा नेपाल तुर्केमिनिस्तानसँग २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  न्यु डायमण्डले जित्याे महिला भलिबल प्रतियोगिताको उपाधि