बुवा आमादेखि श्रीमती र छोराछोरी पनि भाडामा पाउन सकिने

टोकियो ।  सुन्दा अचम्म लाग्छ, गाडी, घर, सामान भाडामा लिने कुरा सामान्य हो तर बाआमा पनि भाडामा ? के मजाक गरेको हो यस्तो भन्ने प्रश्न दिमागमा आउँछ । तर के गर्नु, यो संसार विचित्रको छ, यहाँ धेरै यस्ता कुरा हुन्छन् जुन पत्याउन गारै पर्छ ।

जे भएपनि पत्याउनै पर्छ, जापानको एउटा वेभसाइट नै श्रीमती भाडामा लिनुस् भन्ने रहेको छ । रेन्टअ वाइफ ओटावा डटकम भन्ने यो साइटमा भित्री बस्त्रदेखि बाआमा, छोराछोरी, श्रीमतीसम्म भाडामा पाउन सकिन्छ ।

अहिले यो अचम्मको सेवा शुरु भएपछि वेभसाइटको लोकप्रियता निकै बढेको छ । वेभसाईटको दावी अनुसार, साँच्चिकै माया गर्ने बुवा आमा र श्रीमती पनि भाडामा पाइन्छन् । भित्री बस्त्र समेत भाडामा दिने यो एकमात्र वेभसाइट हो । छोराछोरी नभएर निराश भएकाहरुलाई  पनि यो साइटले केही समय भाडामा बच्चा उपलब्ध गराउँछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!