मधेसी मोर्चाकै सहभागितामा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्रीको भनाई

काठमाडौं, चैत २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अतिवादमा जान नदिन सबै दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।

आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मधेशी जातीय समन्वय समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उनले सरकारले मधेशी मोर्चालाई साथमा लिएर निर्वाचन सम्पन्न गर्न अधिकतम प्रयास गरिरहेको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन मधेसी मोर्चाको सहभागितामा सहज रुपमा सम्पन्न हुने दावी गरे ।

उनले अतिवादले देश र जनता सबैलाई घाटा पुर्याउने उल्लेख गर्दै मिलेर अघि बढन आन्दोलनरत मधेशी मोर्चालाई पुनः आह्वान गरे ।
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका लागि दुई तिहाई मत पुग्ने अवस्था नरहेकाले तत्काल त्यसलाई अघि नबढाइएको विषय बारेमा जानकारी दिए ।

भेटमा समाजले प्रधानमन्त्री दाहाललाई मधेशको माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने लगायतका मागसहितको १० बुदे ज्ञापन पत्र बुझाएको छ ।
मधेश केन्द्रित विभिन्न २३ वटा जातीय संगठनद्धारा हस्ताक्षरित ज्ञापन–पत्रमा सप्तरी घटनाका दोषीमाथि कडा कार्वाही गर्न र पीडित परिवारलाई एथेष्ट क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!