नयाँ वर्षको उपलक्ष्यमा सीजी ब्राण्डको इजी अफर, छुट देखि क्यास व्याकसम्म

483 पटक पढिएको

काठमाडौं, चैत २३ । चौधरी ग्रुप (सिजी) ब्राण्डले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा आफ्ना ग्राहक माझ ‘सीजीको इजी अफर’ योजना ल्याएको छ । आफ्ना समस्त ग्राहकहरुलाई नयाँ वर्षको शुभकामना दिँदै सीजीले ‘विश्वस्तरिय प्रविधि सुपथ छ दाम, सर्वप्रिय सीजी सर्वगुण छ काम’ भन्ने नारा लिएर आफ्ना विभिन्न उत्पादनमा छुटदेखि क्यास व्यकसम्मको व्यवस्था गरेको छ ।

चौधरी ग्रुपले एक विज्ञप्ती जारी गर्दै सीजीको इजी अफर अन्तर्गत सीजी ब्राण्डका फ्रिज र एलइडी टीभी (२२–३२ इन्च) कोे खरिदमा सजिलै २० प्रतिशतसम्म छुट र पैशा फिर्ता पाउन सक्ने जनाएको छ । यसैगरि स्मार्ट टीभी, फोरके स्मार्ट टीभी, टर्वो टीभी, वासिङ मेसिन, माइक्रोवभन र स्पीकरको खरीदमा पक्का उपहार पाउन सक्ने जनाएको छ । साथै एसीको खरिदमा निशुल्क जडानको सेवा उपलब्ध भएको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनिको अनुसार यो योजना २२ चैत्र २०७३ साल देखि नेपाल अधिराज्यभरि सीमित अवधिकालागि मात्र लागू गरिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चैतदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्रै विक्री हुने