बिश्वकै महंगो हिरा एक करोड डलरमा बिक्री

292 पटक पढिएको

काठमाडौं, चैत २३ । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ ।

मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अण्डाकारको यो हिरा ५६ दशमलव ६ कैरेटको छ ।

सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लीलामीमा यस हिराका लागि एक ब्यापारीले ८ दशमलव ३ करोड अमेरिकी डलर तिर्ने बोलकबोल गरे पनि रकम चुक्ता गर्न सकेका थिएनन् ।

हिरा हङकङ्गस्थित चो ताइ फुक गहना पसलले किनेको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  तरकारी उत्पादनमा कमी हुँदा महँगी बढ्दो