सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता

295 पटक पढिएको

काठमाडौं, चैत २८ ।  केही दिनअघि सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत भएका छन् ।

आइतबार उद्योगमन्त्री नविन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायीहरु सहमत भएका छन् ।

उद्योगमन्त्रीले पूननिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले यो समयमा कम मुनाफा लिएर नागरिकलाई सहयोग गर्न आग्रह गरेपछि मूल्यमा पूनर्विचार गर्न तयार भएको मन्त्रालयले जनाएको छ ।

केही दिनअघिदेखि सबै कम्पनीका सिमेन्टको मूल्यमा प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएके खुद्रा व्यापारी बताउँछन् ।

यो खबर आजको नागरिकमा छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  टेलिकमले घटायो टेलिफोनको महसुल दर