‘अव धनगढी दौडीन्छ’, हाफ म्याराथुनको तयारी पूरा

231 पटक पढिएको

लोकेश धामी, धनगढी, चैत्र ३१

धनगढी जेसीसले हरेक नयाँ वर्षको अवसरमा आयोजनामा गर्दै अाएकाे हाफ म्याराथुन दौडको तयारी पुरा भएको छ । ‘अव धनगढी दौडीन्छ’ भन्ने नाराका आयोजना हुन गैरहेको हाफ म्याराथुन दौडको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । म्याराथुनको लागी ट्राफिक ब्यवस्था, स्वास्थ्य र खानेपानीको समेत तयारी पुरा भैसकेका धनगढी जेसीसका अध्यक्ष टेकराज पनेरुले बताए । उनले तिन चरण गरिरने म्याराथुनमा खुल्ला तर्फ २१ किलोमिटर, पहिलो चरण, दोस्रो चरणमा मिडीया कर्पोरेटका लागी ५ किलोमिटर र ट्राइ साइकल ५ किलोमिटर तेस्रो चरणमा गरीने अध्यक्ष पनेरुले जानकारी दिए ।

करिब २ हजारको सहभागिता रहने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गर्ने आयोजकले जानकारी दिएको । आयोजक धनगढी जेसिजका अध्यक्ष पनेरुले प्रतियोगिताका लागि करिब ४ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको बताए । उनले प्रतियोगितामा म्याराथुन दौड तर्फ प्रथम, द्घित्तिय र तृतिय हुनेलाई क्रमशः ५१ हजार, २५ हजार र १५ हजार नगद हात पार्ने छन् भने कर्पोरेट तर्फ प्रथम, द्घित्तिय र तृतिय हुनेले नगद ५ हजार, ३ हजार र २ हजार रुपैया दिईने आयोजकले जाानकारी दिएको छ । त्यस्तै फरक क्षमता भएकाहरुका लागि समेत ५ किलोमिटरको ट्राईसाईकल दौड हुने र त्यसमा सहभागिता जनाउने सबैलाई सान्त्वना पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पनेरुले बताए ।

अध्यक्ष पनेरुले प्रतियोगिताबाट बचेको रकमले भविष्यमा धनगढीमा घुम्ति शौचालयको व्यवस्था गरिने बताए । धनगढी जेसिजले आयोजना गर्न लागेको हाफ म्याराथुनको यो चौथौ संस्करण हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  हाफ म्याराथनको उपाधी रिमाललाई