एनसेलले ल्यायो पिआरबिटी सेवामा भारी छुट

328 पटक पढिएको

काठमाडौ, चैत्र ३१ । एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ ।  जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् ।

एनसेलले एक बिज्ञप्ती जारी गर्दै यही बिहीबार (चैत्र ३१) देखि लागु हुने यो अफरमा  एनसेलका सबै ग्राहकले एक दिन र एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा सुचारु गर्न सक्ने जनाएको छ ।

यो अफरसँगै एनसेलका ग्राहकले अब १ दिन समयावधिको पिआरबिटी र टोन सेवा कर सहित मात्र रु १ मा सुचारु गर्न सक्ने  र एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा कर सहित रु ५ मा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

ग्राहकले १७११७ डायल गरि प्राप्त निर्देशन अनुसार पिआरबिटी सेवा तथा टोन सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एस्ट्रिक१७११७ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गीत तथा टोनको सुचिबाट आफ्नो रोजाइको रिङ ब्याक टोन राख्न सक्ने एनसेलको जारी बिज्ञप्तिमा  छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  व्यापार मेलामा ३६ देशका उत्पादन