हाफ म्याराथनको उपाधी रिमाललाई

251 पटक पढिएको

काठमाडौं, बैसाख २ । नयाँ बर्षको उपलक्ष्यमा धनगढी जेसिजद्वारा आयोजना गरिएको “अब धनगढी दौडिन्छ“ हाफ म्याराथनको उपाधी नेपाली सेनाका हरि कुमार रिमालले हात पारेका छन् ।

उनले २१ दशमलव १ किलोमिटरको दुरि १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा पार गर्दै नगद ५१ हजार समेत हात पारेका हुन् । त्यस्तै सशस्त्रका गोपिचन्द्र पार्कीले निर्धारित दुरि १ घन्टा ७ मिनेट ४२ सेकेन्डमा पार गर्दै दोस्रो भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। उनी अघिल्लो वर्षको विजेता हुन ।

त्यस्तै नेपाली सेनाका कृष्ण बस्नेतले १ घन्टा ७ मिनेट ५१ सेकेन्डमा दुरि पार गर्दै तेस्रो भयो । उनले नगद १५ हजार रुपैयाँ हात पारे । यसैगरि ५ किलोमिटरको कर्पोरेड दौडमा भिम चौधरी प्रथम, पुष्कर राज भट्ट दोस्रो र महन्त पनेरु तेस्रो भएका छन् । वियजीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैया प्राप्त गरे । बिजयी खेलाडीहरुलाइ रास्टिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्टले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सातौँ राष्ट्रिय खेलकुदः कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण