गठबन्धनले २९ गतेदेखि आन्दोलन गर्ने

काठमाडौं, वैशाख २६ । संघीय गठबन्धनले आगामी २९ गतेदेखि आन्दोलनमा जाने जनाएको छ । मंगलवार आज साँझ राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा बैठकले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने तथा जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल र्यालीको कार्यक्रम घोषणा गरेको हो ।

त्यस्तै वैशाख ३१ गते हुने पहिलो चरणको चुनाव अघि सविधान संशोधन विधेयक पारित गराउने सरकारसँग सहमति भएको थियो तर विधेयक पारित नगराई जेठ ४ गतेका लागि संसद बैठक सारेको प्रति विरोध जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको बताइएको छ ।

गठबन्धनले पहिलाे चरणकाे चुनाव हुने स्थानमा भने अाफ्ना कार्यक्रम स्थगित गर्ने जनाएकाे छ ।

मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्रीसहित कांग्रेस, एमाले, माओवादी र राजपाको सयुक्त बैठकमा सरकारसँग कुरा नमिलेको भन्दै गठबन्धन अब आन्दोलनमा जाने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!