हत्यामा संलग्न भएको आरोपमा पाँच पक्राउ

236 पटक पढिएको

तनहुँ, जेठ १ । तनहुँको व्यासीमा आइतबारे विक्रम परियारको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना महिला पनि छन् ।

उनीहरुलाई आइतबार राति व्यासीकै एक घरबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान चलिरहेको भन्दै प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन ।

आइतबार मतदान गरेर बजार घुम्न निस्किएका बेला नचिनेका मानिसको समूहले परियारको हत्या भएको थियो ।

उनको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  फेरी अर्काे गोली काण्ड: सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्या