राष्ट्रिय महिला भलिबल जेठ २३ देखि

296 पटक पढिएको

काठमाडौँ, जेठ ८ । जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठ २३ गतेदेखि सुरु हुँदैछ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुन लागेको उक्त प्रतियोगिता राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा संचालन हुन लागेको हो ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिताबारे जानकारी गराइएको थियो । प्रतियोगिता तीन दिनसम्म चल्ने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीको सहभागिता रहनेछ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा अघिल्लो विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब र उपविजेता न्यु डायमन्ड एकेडेमी तथा नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेता टोलीले रु एक लाख ५० हजार, उपविजेताले रु ७५ हजार र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् । बहुराष्ट्रिय रङ कम्पनी केएनपी जापान प्रालिको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न व्यक्तिगत पुरस्कार राखिएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  स्विट्जरल्याण्ड र क्रोएशिया विश्वकपमा छनोट हुने संभावना बलियो