रियल मड्रिडलाई १२ औं पटक च्याम्पियन्स लिगको उपाधि

221 पटक पढिएको

काठमाडौं, जेठ २१ ।  स्पेनिस क्लब रियल मड्रिडले कीर्तिमानी १२ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति वेल्समा भएको फाइनलमा इटालियन क्लब युभेन्टसलाई ४–१ ले पराजित गर्दै रियल मड्रिडले कीर्तिमानी १२ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
कार्डिफमा भएको फाइनलमा रियललाई कीर्तिमानी १२ औं पटक उपाधि दिलाउन क्रिष्टियानो रोनाल्डोले दुई तथा कासिमिरो र मार्को असेन्सियोले समान एक एक गोल गरे । अन्तिम ५ मिनेट १० खेलाडीमा सीमित भएको युभेन्टसका लागि मारियो मान्डुजकीले एक गोल फर्काए ।
मिलेनियम स्टेडियममा खेलको २० औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा मारियो मान्डुजकी गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । दोस्रो हाफमा रियलले थप तीन गोल गर्यो ।
खेलको ६१ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै रोनाल्डोले ब्यतिगत दोस्रो गोल गरेपछि रियलको अग्रता ३–१ बन्यो । रोनाल्डोले यो सँगै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या १०५ पुराए । जुन कीर्तिमानी गोल संख्या हो । अहिलेसम्म च्याम्पियन्स लिगमा रोनाल्डोले मात्र सयको आँकडामा गोल गरेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विश्वकप २०१८ लागि छनोट हुने पहिलो अफ्रिकी देश नाइजेरिया