युएफा च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

178 पटक पढिएको

जेठ २१ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जित्न सफल भएको छ ।

गयराती वेल्सको राजधानी कार्डिफमा भएको फाइनल खेलमा युभेन्टस ईटालीलाई ४–१ को अन्तरले पराजित गर्दै स्पेनको रियल मड्रिडले उपाधि हात पार्न सफल भएको हो ।

खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने क्यासेमिरो र मार्को एसेन्सीयोले एक–एक गोल गरे ।

यो पटकको जितसँगै रियाल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । युरोपकै सर्वाधिक सफल टोली रियाल मड्रिडले अहिलेसम्म १२ पटक उपाधि जितेको छ ।

फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा यो सिजनको स्पेनिस ला लिगा जितेको रियल मड्रिडले युरोपियन उपाधि पनि थपेको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ब्राइटन १३ औं स्थानमा उक्लियो, न्युक्यासल युनाइटेड पराजित