वावरिन्का फ्रेन्च ओपन टेनिसकाे फाइनलमा

225 पटक पढिएको

जेठ २७ । विश्व नम्बर एक एण्डी मुर्रे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिएका छन् ।

मुर्रे सेमिफाइनलमा तेस्रो बरियताका स्टानिसलास वावरिन्कासँग पराजित भएका हुन् । बेलायती मुर्रेलाई स्वीस वावरिन्काले ६–७, ६–३, ५–७, ७–६ र ६–१ को सेटमा हराएका हुन् । मुर्रेलाई पराजित गर्न वावरिन्काले चार घण्टा ३४ मिनेटसम्म कोर्टमा बिताउनुपर्‍यो ।

फ्रेन्च ओपनका पूर्व विजेता वावरिन्काले अब उपाधिका लागि चौथो बरियताका राफायल नाडालसँग आइतबार खेल्ने छन् । स्पेनिस नाडालले सेमिफाइनलमा सातौं बरियताका अस्ट्रियन डोमिनिक थिएमलाई ६–३, ६–४ र ६–० को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राष्ट्रिय महिला भलिबल जेठ २३ देखि