सुनको भाउ ह्वात्तै घटे लगत्तै गहना पसलमा सुन व्यवसायीहरु भ्यार्इनभ्यार्इ

काठमाडौं, असार २१ । नेपाली बजारमा फेरी सुनको भाउ घटेको छ ्र यो हप्ता सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो भने सुन बजारमा ५४ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेसँगै ग्राहकहरु गहना पसलमा भिड लाग्न थालेका छन् ।

सुनसँगै चाँदीको पनि मूल्य घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकी डलर कम्जोर हुनु र अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्नुको कारण नेपालमा पनि मूल्य घटेको हो ।

कमेन्ट गर्नुहोस्