पूर्वकमैया बने वडा अध्यक्ष

464 पटक पढिएको

लोकेश धामी

धनगढी, असार २२ । भागीराम चौधरीको पृष्ठभूमि फर्केर हेर्दा निकै कहाली लाग्दो छ । उनले सामान्यभन्दा पनि अति सामान्य परिवारमा जन्म लिए । अझ भनौं उनी पूर्व कमैया हुन् । पहिले उनको पूरै परिवार मालिकको घरमा काम गरेर जिवीका धान्थ्यो । आर्थिक स्थिती निकै कमजोर हुँदा भागिरामले कति हण्डर खाए त्यसको लेखाजोखा उनीसँग छैन । उनले मालिकको घरमा काम गर्दै पढ्दै बालापन कटाए । प्रवेशिका परिक्षा (एसएलसी) आउनसम्म मालिककै घरमा काम गर्न बाध्य भए भागिराम । उनी ७ वर्ष मालिकको घरमा काम गर्दै पढे ।

एसएलसी दिए त्यसपश्चात जिम्मेवारी झनै थप भयो । उमेर बढ्दै गयो पारिवारीक जिम्मेवारी पनि त्यहि गतिमा बढ्यो । आर्थिक स्थितीले नभ्याउने भए पछि माध्यामिक शिक्षा मात्रै हासिल गर्न सके । काम खोज्न धेरै ठाउँ धाए तर, पाएनन् । अन्तीममा उनले जीवन गुजराका लागि होटलका भाँडा माझ्नेदेखि रिक्सासम्म चलाए ।

‘विहे गर्ने उमेर पुगेको थिएन विहे गरे जीवन चलाउनका लागि होटेलका लागि भाँडा देखि ३ वर्ष रिक्सा चलाए’ उनले विगत सुनाए । रिक्सा चलाएर जीवन चलाउन नपुग्ने भए पछि उनले विकल्प रोजे । सुरुमा फर्निचर बनाउने काम गरे ।

विस्तारै अनुभव हासिल हुँदै गए पछि घर निर्माण गर्ने काम सिक्न थाले । समय परिर्वतनसंगै उनको दैनिकी पनि फेरियो । उनी होटलका भाँडा माझ्नेबाट घर निर्माण गर्ने एउटा कुशल डकर्मी बने । निरन्तरको अभ्याससंगै उनको समूहले निर्माण गरेका भवन तथा घर निकै बलिया तथा भूकम्पप्रतिरोधात्मक भएको भन्दै धनगढी उपमहानगरपालिकाले उनको टोलीलाई पुरस्कृत ग¥यो ।

अब उनी घर निर्माण मात्रै गर्ने छैनन् । समाज निर्माण पनि गर्नेछन् । एउटा बलियो घर निर्माण गर्न जति मेहनत खर्च गरिन्छ । त्यो मेहनत अब उनी सभ्य समाज निर्माणमा खर्च गर्ने छन् ।

सम्बन्धित् समाचार  एक दर्जन नेताहरु जनमोर्चा छाेडी माओवादी केन्द्रमा प्रवेश (नाम सहित)

घर निर्माण गर्ने बेला एउटा समूहमा रमाएका भागिराम अब समाज निर्माण गर्ने समूहमा रमाउने छन् । उनीसँग जोश जागर छ, आत्मविश्वास छ, वडाका असल मान्छेसंग परिचय छ ।

घर निर्माण बनाउने हातले अब ६ नम्बर वडाको विकासको रेखा कोर्ने यात्रामा अगाडी बढ्नेछन् । जसरी माओवादी केन्द्रले उनलाई चिनेर वडा अध्यक्षको टिकट दियो उसै गरि धनगढी ६ को वडा अध्यक्षमा उनको पूरै समूह विजयी भयो । उनले ८८६ मत पाउँदै विजयी भए । आफ्नै पार्टिको मात्र सदस्य विजयी भएकाले काम थर्न पनि निकै सहज हुने उनको भनाइ छ ।

भागिराम कम बोल्ने व्यक्तिमा गनिन्छन् । उनीमा बोल्ने भन्दा पनि काम गरेर देखाउने खुबी रहेको उनका छिमेकि बताउँछन् । अरुले जसरी तामझामकासाथ उनले चुनाव प्रचारप्रसार पनि गरेका थिएनन् । तर पनि उनको समूह नै विजयी भयो । उनी भन्छन् यो जित हाम्रो समूहको मात्रै नभइ सिंगो ६ नम्बर वडा बासीको हो ।

हामीमा काम गर्ने क्षमता देखेर जनताले पत्याए त्यसको पूरा सदूपयोग गर्ने नवनिर्वाचित वडा अध्यक्ष चौधरीले बताए । सबैभन्दा पहिले गाउँ विकास नै पहिलो प्राथमिकतामा राखेको उनले सुनाए । ‘धनगढी उप–महानगरपालिका भित्र परे पनि वडा नम्बर ६ सेवासुविधाले पछाडी नै छ । यो वडामा विकास पूर्वाधारले छुन सकेको छैन । अझै पनि धेरै ठाउँमा ग्राभेल, शुद्धखानेपानी, ढलनिकास, ऐलानी जग्गा, खोलानाला अतिक्तमण इत्याति समस्याको चाङ नै छ । यी यस्ता समस्या समाधान गर्न पाँच वर्षको अवधिमा अहोरात्र खटिने छु, उनले भने ।

उनी आफू पनि यूवा नै भएकाले दिनहँु हजारौंको संख्या विदेशीने यूवा जमातलाई आफ्नै क्षेत्रमा रोजगार दिने सीममूलक कार्यक्रमलाई प्राथमिकता दिने आगामी योजना पनि उनले सुनाए । ‘यूवा भनेका देशका मेरुदण्ड हुन् उनीहरुलाई सीपमूलक तालिम दिए मात्र देश बन्नेछ त्यसैले मैले युवालाई आर्यआर्जन गर्ने किसिमका कार्यक्रमलाई जोड दिनेछु’ उनले भने ।

सम्बन्धित् समाचार  धनगढीमा कांग्रेसका ओड १३ सय ५५ मतले अघि, भोलीसम्म परिणाम आइसक्ने

अहिले कुराभन्दा पनि काम गर्ने व्यक्तिको खाँचो परेकाले त्यसको विश्वास जनतालाई ५ वर्षभित्र दिलाउने विश्वास बाेकेर अघि बढेका छन् भागीराम । उनकाे अागामी दिन सफल रहाेस् शुभकामना ।

कमेन्ट गर्नुहोस्