यस्तो नहोस् कसैको, बिहेकै दिन खौरिनु पर्यो कपाल

2446 पटक पढिएको

काठमाडौं, हरेक युवती आफ्नो बिहेको दिन सबैभन्दा सुन्दर देखिन चाहन्छिन् । आजभोली त बिहेको मेकअपका लागि महिनादिन अघि नै पार्लरको समय बुक गर्नु पर्ने हुन्छ ।
तर एकजना यस्ती दुखी युवती पनि छिन्, जसले आफ्नो बिहेकै दिन कपाल खौरिनुपर्यो ।

जोआन र क्रेग लायन्स, सानैदेखिका आत्मी साथी । ३० वर्षको लामो प्रतिक्षापछि क्रेगले आफ्नो मनका कुरा भन्न सके । अन्ततः दुबैको बीचमा बिहा गर्ने कुरा छिनियो । तर यही बीचमा ठूलो दुखको कुरा समेत उनीहरुलाई थाहा भयो । क्रेगलाई चौथो चरणको पेंक्रियाज क्यान्सर भएको खबरले दुबैलाई ठूलो आघात पुर्यायो । अब उनको जीवन ९ देखि १२ महिनासम्म मात्रै रहेको डाक्टरहरुले बताए ।

कोही हुन्थे भने त क्यान्सर लागेर एक वर्षपछि मर्न गइरहेको केटासँग बिहा गर्न के राजी हुन्थे ? तर जोआनले भने जे भएपनि बिहा गर्ने निधो गरिन । क्रेगका बाँकी महिनाहरुलाई विशेष बनाउन उनले निधो गरेपछि क्यान्सर पीडितहरुका लागि च्यारिटीमार्फत कोष जम्मा गर्ने निर्णय गरिन ।

र, उनीहरुले बिहा कै दिन आफ्ना साथी र परिवारमाझ कपाल खौरिए । यी कपाललाई उनले लिटिल प्रिन्सेज ट्रष्टलाई च्यारिटीमा दान दिए । यो ट्रष्टले क्यान्सरका कारण कपाल गुमाउने बालबालिकाका लागि कपालको बिग बनाउने गर्दछ । कपालसँगै उनीहरुले नगद समेत हस्तान्तरण गरे ।

तर समय निर्मम हुन्छ । यो सुन्दर प्रेम कथाको अन्त्य भयो । विवाहपछि केही समय दुबै सँगै बसे । तर क्रिसमसका बेला क्रेगको मृत्यु भयो ।
यो कुराको खुलासा गरे उनका एकजना फोटोग्राफर साथीले । विवाहको मण्डपमा एकातिर बिहाको खुशी थियो भने अर्कोतर्फ उनीहरुले मुण्डन गर्नुपर्ने कारण सुनेर मानिसहरुका आँखा रसाएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  श्रीमतिले नुहाएको हेरेका निहुँमा छ वर्षीय बालकको हत्या