सुनको भाउ पाँच सयले घट्यो

820 पटक पढिएको

काठमाडौं, असार २५ । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलाको ५३ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि २० रुपैयाँ घटेर तोलाको ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि कम भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ओरालोतिर सुनको भाउ