‘क्लिन फिड’ नीति तत्काल लागु गर्न माग

काठमाडौँ, २७ असार । नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ ।

आगामी साउन १ देखि विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति लागु गर्ने अवस्थामा आएर नीति लागु भएमा आन्दोलन गर्ने धम्की आएपछि महासङ्घले मंगलबार एक विज्ञप्ति जारी गरी गम्भीर चासो प्रकट गरेको छ ।

“क्लिन फिड नीति विज्ञापनको विषय मात्र नभएर नेपाली मिडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो, विज्ञप्तिमा भनिएको छ– “थुप्रै मुलुकमा अभ्यास भइरहेको र नेपालमै पनि अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कतिपय मिडिया क्लिन फिड स्वरुपमै प्रसारण भइरहेको परिपेक्ष्यमा विदेशी टीभी च्यानलको नेपालमा प्रसारण हुँदा क्लिन फिड नीति लागू गर्न हिच्किचाउनुपर्ने अवस्था छैन ।”

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ६ महिनामा पाँच खर्बको व्यापार घाटा
%d bloggers like this: