सुनको भाउ बध्यो

105 पटक पढिएको

काठमाडौं–नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ५२ हजार ८ सय रुपैयाँ थियो । मंगलबार पनि सोही भाउमा कारोवार भएको सुन आज भने बढेको हो ।

आज चाँदीको भाउ पनि वढेको छ । चाँदी आज प्रति तोला ७ सय १५ रुपैयाँ छ । अघिल्लो दिन चाँदीको भाउ ७ सय ५ रुपैयाँ प्रतितोलामा कारोवार भएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पन्ध्र किलो सुनसहित एक पक्राउ