दुई वर्ष बित्दाँ पनि पीडितले अनुदान पाएनन्

257 पटक पढिएको

पर्वत,असार २८ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पर्वतका भूकम्प पीडितले अहिलेसम्म आवास अनुदान रकम पाउन सकेका छैनन् ।

अनुदान रकम प्राप्तीको झण्झटिलोे प्रक्रियाका कारण उनीहरु यो वर्ष पनि आवास अनुदान रकम प्राप्त गर्न नसक्ने भएका हुन ।

पर्वतमा भूक्म्पबाट घर पूर्ण क्षति भएका लाभग्राहीको संख्या पाँच हजार तीन सय ६९ रहेको छ । जसमध्ये हालसम्म तीन हजार ९ सय ९ जनाको अनुदान सम्झौता भइ सकेको छ ।

तर जिल्ला समन्वय समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा निकासा मागेको भए पनि अहिलेसम्म पीडितले उक्त रकम प्राप्त गर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बैंकमा थुप्रियो पैसा !