प्रश्नपत्र बिना नै स्नातकको परीक्षा

514 पटक पढिएको

डोल्पा, असार २८ । डोल्पामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ ।

यही असार २३ देखि सुरु भएको बिएड दोस्रो वर्षको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाई परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनञ्जय सुवेदीले जानकारी दिए ।

यही असार २३ मा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७ असारमा मात्र डोल्पामा पुगेकाले २३ गते र २६ गते सञ्चालन भएका परीक्षा पm्याक्समार्फत आएको प्रश्नपत्रको फोटोकपी गरेर परीक्षार्थीका हातहातमा पु¥याएको क्याम्पस प्रमुख सुवेदीले बताए । परीक्षार्थीको प्रवेशपत्रसमेत नआएकाले इमेलमा मगाई प्रवेशपत्र वितरण गरिएको सुवेदीले बताए ।

स्तरोन्नतिका लागि डोल्पाको एकमात्र जुफाल विमानस्थल बन्द भएको तथा पैदलमार्गसमेत सुरक्षा र जोखिमका हिसाबले असहज भएकाले प्रश्नपत्र ल्याउन ढिलाइ भएकोे परीक्षा सञ्चालन गर्न जुम्ला बहुमुखी क्याम्पसबाट खटिएका केन्द्राध्यक्ष हरिशरण आचार्यले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयले पठाएकोे प्रश्नपत्र मङ्गलबारदेखि हुने परीक्षामा परीक्षार्थीको हातहातमा पुग्ने केन्द्राध्यक्ष आचार्यले बताए ।

वर्षात्को समयमा खोलानाला बढेर सडक अवरुद्ध भएकाले एकदमै कष्टपूर्ण यात्रा गरेर ज्यानको बाजी लगाउँदै जुम्लाबाट पैदलमार्ग भएर डोल्पा प्रश्नपत्र पु¥याएको आचार्यको भनाइ छ ।

कर्णालीको कालीकोटबाहेक जुम्ला, हुम्ला र मुगुमा समेत फ्याक्स मगाएर स्नातक दोस्रो वर्षको परीक्षा सञ्चालन गरिएको आचार्यले बताए । वास्तवमा दुर्गमको पीडा यो भन्दा ठूलो अरु केही हुन नसक्ने उनको भनाइ छ ।

६१ वर्षीया आचार्य डोल्पामा स्नातक परीक्षा सञ्चालनका लागि सात पटक डोल्पा पुगिसकेका छन । यहाँको डोल्पो क्याम्पस र लिकु संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गर्दछ । रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  धादिङमा स्वयंसेवकलाई मतदाता शिक्षा दिन सुरु