पशुपतिको ‘मेयरनीको पोइ” तीज गीत सार्वजनिक(भिडियोसहित)

655 पटक पढिएको

काठमाडौं, असार २८ । नेपाली महिलाको महान चाँड हरितालीका तीज नजिकिदै गर्दा चर्चित लोक गायक पशुपति शर्माले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा धेरै नेपाली महिलाहरु निर्वार्चित भएको सन्दर्भलाई जोडेर मेयरनीको पोई बोलको तिज गित बजारमा ल्याएका छन् ।

हरेक बर्ष जस्तै यो बर्षपनि धेरै तिजगीत बजारमा ल्याउने मध्यका एक शर्माले गायिका जानकी तारमी मगरसँगको सहकार्यमा उक्त तीज गित बजारमा ल्याएका छन् ।

युटुवमार्फत सार्वजनिक गरीएको मेयरनीको पोई बोलको तीज गितले बजारमा राम्रै चर्चा पाउन थालेको छ ।

पोहोर साल सेल रोटी बेचेर हिट भएका यो जोडी अहिले मेयरनीको पोइ लिएर आएका छन् । स्थानीय तहको निर्वाचन भर्खरै सकिएकोले यसैलाई आधार बनाएर पशुपति शर्माले यो गित लेखेका हुन् ।

लय शब्द पशुपति शर्माको रहेको यस गितमा स्वर र अभिनय पनि शर्मा र मगरको रहेको छ । गितको बजार ब्यवस्थापन भने सनराईज म्युजिक प्रालि ले गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पशुपतिको ‘माइती भन्छन् किन आइती’ नयाँ तीज गीत बजारमा आउँदै