म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख

809 पटक पढिएको

प्युठान, असार ३० ।स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो ।

आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरे। स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उत्र्तीण भए ।

धेरै खुड्किला पारगरेपछि म्यादी प्रहरी बन्ने उनमा धेरै आत्मबल बढेको थियो । तर, विडम्बना अन्तर्वार्तापछि उनी अन्तिम छनोटमा परेनन । आफू मात्र नभई सँगै आएका तीनजना साथीसमेत छनोट हुन सकेनन् । उनीहरू सबै अन्तर्वार्तापछि छनोटमा नपरेको सुनार बताउछन् । सुनारका श्रीमान् रोजगारीका लागि साउदी अरबमा छन् । घरपरिवारमा २ छोरा र १ छोरीसहित सासू÷ससुरा रहेको उनले बताए  ।

३१ वर्षीया सुनार घर फर्कंदा गाउँघरमा स्थानीय तह निर्वाचनको रौनकले रमाइलो बढ्दै थियो ।

कांग्रेसमा आवद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिकाको उपप्रमुख पदमा उठ्न गरेको प्रस्ताब उनले सहजै स्वीकारे । टिकट पाएपछि उनी चुनावी प्रचारप्रसारमा व्यस्त भए । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनार जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुईजना प्रतिस्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी भए । एमालेबाट उम्मेदवार बनेकी ज्ञानुमाया केसीलाई ४ सय ६३ मतको अन्तरले पछिपार्दै उनी विजयी भए । सुनारले ३ हजार ९० र केसीले २ हजार ६ सय २७ मत पाए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ३२१ स्थानीय तहको नतिजा सार्वजनिक, अब १३ तहको मात्रै बाँकी