शुक्रबारे साइतमा ‘म यस्तो गीत गाउँछु’ र ‘सायद–२’ काे भिडन्त

372 पटक पढिएको

असार ३० । अधिकांश चलचित्रहरुले शुक्रबारे साइत पारेर प्रदर्शनमा आउने गर्छन । त्यस्तै यो हप्ता पनि दुई वटा चलचित्रहरु प्रर्दशनमा आएका छन् । ‘म यस्तो गीत गाउँछु’ र ‘सायद–२’ । दुवै चलचित्र लभस्टोरी कथाबस्तुमा आधारित छन् ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण ‘म यस्तो गीत गाउँछु’ सुदर्शन थापाद्वारा निर्देशित चलचित्र हो । चलचित्रको प्रदर्शनअघि नै ‘म यस्तो गीत गाउँछु…’ बोलको गीतले दर्शकमाझ निकै चर्चित छ । चलचित्रमा नायिका पूजा शर्मा र नायकको भूमिकामा पल शाहलाई देख्न सकिन्छ । फिल्मको ट्रेलर र गीतलाई पनि दर्शकले युट्वुबमा राम्रो प्रतिक्रिया दिइरहेका छन्।

त्यस्तै सायदु, होस्टेलु, होस्टेलरिटर्नन्‍स् जस्ता सफल फिल्महरु निर्माण गरेको कम्पनी त्यस्तै दुर्गिस फिल्स्ुको ब्यानरमा निर्माण भएको ‘सायद २’ को पनि कम्ती भने छैन । ठूलो ब्यानरमा निर्माण भएको र कुनै समयको सफल फिल्म ‘सायद’को सिक्वेल फिल्म भएकाले पनि ‘सायद–२’ को प्रतिक्षामा दर्शकहरु छन् । सुनिल रावलले निर्माण गरेको यस फिलिममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौलालगायतको अभिनय रहेको छ ।

दुृवै फिलिमका निर्माण टिमले आ–आफ्नो फिलिम राम्रो भएको र दर्शकको मन जित्नेमा ढुक्क रहेको बताउँदै आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका यी फिलिमहरुमध्ये कुनले बाजी मार्ला त्यो हेर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राखी सावन्तको अस्लील भिडियो लिक